यी हुन् नयाँ पार्टीमा सनाखत गर्ने नजाने चार एमाले सांसद

नेकपा एमालेका चार सांसद सनाखतका लागि निर्वाचन आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताले जनाएका छन् ।

एमाले सांसदहरू माया ज्ञवाली, सोमप्रसाद पाण्डे, शारदा भट्ट, तुलसा थापा आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको हो ।

आयोगले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरूलाई सनाखत गर्न बोलाएको थियो ।

नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् ।


९ भदौ २०७८, बुधवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु