नयाँ पार्टीमा सनाखत नहुने चार एमाले केन्द्रीय सदस्य को हुन ?
नेकपा एमालेका चार केन्द्रीय सदस्य सनाखतका लागि निर्वाचन आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताले जनाएका छन् ।
एमाले केन्द्रीय सदस्यहरू नेता विक्रम शाही‚ सोम पाण्डे‚ रामप्रीत पासवान र राजन राई आयोग नपुगेपछि उनीहरूको सनाखत नभएको हो ।
आयोगले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरूलाई सनाखत गर्न बोलाएको थियो ।
नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् ।
९ भदौ २०७८, बुधवार १४:४९ बजे प्रकाशित












