नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदको सनाखत

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ ।

निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।


९ भदौ २०७८, बुधवार १३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु