३९ महिनापछि एमाले प्रवक्ताको भूमिकामा फर्किए भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । १० बुँदे सहमति कार्यन्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भोलिपल्ट भट्टराई प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका हुन् ।

बुधबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनको सञ्चालन प्रचार विभाग प्रमुखका हैसियतमा योगेशले गरेसँगै एमाले औपचारिक रूपमा २०७५ जेठ २ को संरचनाबाट अघि बढेको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।

यसबीचमा एमालेले फागुन २३ को फैसलापछि माधव नेपाल पक्षले समानान्तर गतिविधि चलाउन्जेल प्रदिप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मा दिएको थियो ।२०७५ जेठ २ अघिको संरचनामा एमालेमा प्रवक्ता पद थिएन । प्रचार विभाग प्रमुखले नै प्रवक्ताको भूमिका निर्वाह गर्ने प्रचलन रहेकाले योगेश नै प्रवक्ता थिए ।

 


९ भदौ २०७८, बुधवार १३:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु