नेपाली क्रिकेट टोली ओमान प्रस्थान

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ ।नेपालमा रहँदा टोलीले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा म्याच सिनारियोसहित अन्तिम प्राक्टिस गरेको थियो ।

नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० ९भदौ २८ देखि असोज ४ गते० सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई(दुई खेल खेल्नेछन् ।

त्यसअघि नेपालले ओमनमै पीएनजीसँग दुई वटा ओडिआई खेल खेल्नेछ । विश्वकप लिग–२ को सिरिजअघि नेपाललाई पीएनजी विरुद्धको खेल प्राक्टिसको रुपमा रहनेछ ।

नेपाल र पीएनजीबीचको खेल सेप्टेम्बर ५ र ८ तारिखमा ९भदौ २० र २३ गते० ओमानमै हुनेछ । पीएनजी भने टी(२० विश्वकपका लागि ओमान जानेछ । जहाँ टी–२० विश्वकपको पहिलो चरणको खेल पनि अक्टोबरमा हुनेछ । पीएनजीसँगको दोस्रो ल डे नाइटमा हुनेछ ।

नेपालका प्रशिक्षक डेभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ले त्रिकोणात्क सिरिज अघि पीएनजीविरुद्ध खेल महत्वपूर्ण हुने बताएका छन् । त्यस खेलबाट नेपालले टिम सेट गर्ने र प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

नेपालले सन् २०२० मा फेब्रुअरीमा नेपालमै लिग(२ को पहिलो सिरिज खेलेको थियो । त्यसको डेढ वर्ष भन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको हो ।

यसअघि मार्चमै ओमानमै सिरिज हुने भनिएपनि कोरोनाको कारण स्थगित भएको थियो । यस्तै जुलाईमा नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको सिरिज स्पेनमा गराउने तयारी गरेपनि नामिबियाका खेलाडीमा कोरोना संक्रमण भएपछि भ्रमण गर्न सम्भव नभएकाले २०२२ जुलाईसम्मको लागि स्थगित भएको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोब ।

टिम पदाधिकारी

मुख्य प्रशिक्षक : डेभ वाटमोर

व्यस्थापक : मोहम्मद दाउद अन्सारी

टेक्निकल एनालिस्ट :  रमन शिवाकोटी

फिजियो : विक्रम न्यौपाने

ट्रेनर : राकेश काशिभाई गोहित


८ भदौ २०७८, मंगलवार ०९:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु