कैलालीमा तपाईँको मास्क खै ? अभियान सुरु

कैलालीमा तपाईँको मास्क खै ? अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिहीबार ट्राफिक चौराहामा एक कार्यक्रमकाबीच तपाईँको मास्क खै ? अभियान शुभारम्भ गरेको हो ।

No description available.

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आफ्नो र अरूको सुरक्षाका लागि मास्क लगाउन आग्रह गर्दै यो अभियान सुरु भएको बताए । उनले यसलाई प्रभावकारी बनाउनका लागि बुधवारबाट फिल्डमा खटिने प्रहरीहरूलाई तपाईँको मास्क खै ? भन्ने ब्यानरका साथै प्रहरी परिचालन गर्न बताए ।

No description available.

‘मास्क लगाउन अनुरोध गर्छौँ र मास्क पनि वितरण गर्छौँ, उनले भने, मास्क नलगाउनेलाई जरिवाना समेत गछौ ।’सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोनाको तेस्रो लहरबाट बच्नका लागि भए पनि सबै नागरिकले मास्कको प्रयोग गर्न आवश्यक रहेको बताए ।‘सीमा क्षेत्रमा भएका समस्याहरूलाई पनि व्यवस्थित गर्ने छौँ,‘उनले भने, सीमानाका भएर आउने नागरिकहरूलाई सुरक्षितसँग गन्तव्य स्थान पुगाउने छौँ ।’प्रदेशका बढी जस्तो भिडभाड हुने क्षेत्रहरूमा अनिवार्य मास्क अभियान सञ्चालन गर्न तयारीमा रहेको उनले बताए ।

No description available.
धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले ९० प्रतिशत मात्रै मास्कको प्रयोग गर्न सकियो भन्ने पनि केही मात्रामा भए पनि कोरोनालाई रोक्न सकिने बताए । मास्क अभाव भएका क्षेत्रमा उपमहानगरपालिकाले निस् शुल्क मास्क वितरण गर्न तयार रहेको उनले बताए ।

No description available.

उपमहानगरपालिकाले मास्क बैंक पनि सञ्चालन गरेको उनले जानकारी दिए ।ट्राफिक चौराहाबाट सामाजिक विकास मन्त्रालयसम्म तपाईँको मास्क खै ? लेखेको ब्यानर सहित ¥याली गरिएको थियो । ¥यालीमा सामाजिक विकास मन्त्री, नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायतको सहभागिता रहेको थियो ।

No description available.


३ भदौ २०७८, बिहीवार ११:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु