punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एएफसी एसियन कप छनोटः ११ खेलाडी प्रशिक्षणको पहिलो चरणबाटै बाहिरिए

Chaupati
safha napa

एएफसी एसियन कप २०२२ को छनोटको तयारीमा रहेका राष्ट्रिय महिला फुटबल टोलीका ११ खेलाडी पहिलो चरणबाटै घर फर्किएका छन्।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी कम गर्दै २८ सदस्यीय टोली छनोट गरेको हो।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो चरणमा ४५ खेलाडीलाई बोलाएका थिए।

पहिलो चरणमा बोलाएका खेलाडीमध्येबाट नेपाल पुलिस क्लबका ५ खेलाडी परीक्षा र १ खेलाडी कोभिड–१९ को कारण अनुपस्थित थिए।

एसियन कपको छनोट खेलमा नेपालले फिलिपिन्स र हङकङसँग उज्वेकिस्तानमा प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह एफमा रहेको छ।

यसअघि छनोट खेल नेपालको घरेलु मैदानमा हुने भनिए पनि कोरोना भाइरसको बढ्दो संक्रमणसँगै नेपालले आयोजनाको अवसर गुमाउन पुगेको छ।

२८ सदस्यीय टोली :
अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, बिमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हेमा चौधरी, हिरा कुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मञ्जली तामाङ ९योञ्जन०, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शर्मिला थापा, सृजना सिंह


३२ साउन २०७८, सोमवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु