धुर्मुस र सुन्तलीले गाए ‘तिमी मेरो शिवजी’

हास्य कलाकार जोडी सीताराम कटे्ल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को स्वरमा नयाँ गीत ‘तिमी मेरो शिवजी’ सार्वजनिक भएको छ । गीतमा गायक पशुपति शर्माको शब्द र संगीत तथा कृष्ण विकको एरेञ्ज छ ।

भिडियोमा सीताराम र कुञ्जना नै फिचर्ड छन् । भिडियोमा सीताराम ‘मुस्कान पासा’ र कुञ्जना ‘फतौरी बुढी’को गेटअपमा छन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन छ ।

भिडियो धुर्मुस सुन्तली युट्युबबाट सार्वजनिक भएको छ ।

 


२५ साउन २०७८, सोमवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु