कैलालीमा एक महिलाको शव फेला

कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो।

मृतकको सनाखत हुन नसकेको बताउँदै इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको बताए।

उनका अनुसार शव चिसापानी बजारदेखि ५ किलोमिटर दक्षिणतर्फ कर्णाली नदीको किनारमा फेला परेको हो।

 


२४ साउन २०७८, आइतवार १९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु