कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि नै सूचना दिइने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि नै सूचना दिने बताएको छ । बोर्डले सूचना प्रकाशित गरेर १५ दिनअघि नै सूचना दिने बताएको हो ।

बोर्डले शनिबार कोभिड–१९ को महामारी बढेको भन्दै साउन ३१ गतेबाट सुरु गर्ने तय भएको १२ कक्षाको परीक्षा स्थगित गरेको थियो ।

अब परीक्षा गर्ने भन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनअघि सूचना दिएर तालिका प्रकाशन गरिने सूचनामा उल्लेख छ ।


२४ साउन २०७८, आइतवार ०९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु