चीनसंग जोडिएको तिंकरमा बीओपी स्थापना

उत्तरी छिमेकी देश चीनसंग जोडिएको दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माण गरिएको छ । चीनको ताक्लाकोटसंग जोडिएको तिंकरमा पहिलोपटक बीओपी स्थापना गरिएको हो ।

बीओपी निर्माण गरिएपछि तिब्बत भएर हुने चोरी, तस्करी, शिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिबिधिलाई निगरानी तथा नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । बीओपी निर्माणसंगै अब केही समय भित्रै सशस्त्र प्रहरी तैनाथ हुनेछ ।

चीनको ताक्लोकाट नजिकै रहेको तिंकरको छयालेकमा सशस्त्र प्रहरीले बीओपी निर्माणको ठेक्का पाएको धुलिखेल प्याराडाईज एलवी जेभीले प्रतिकुल मौसम र बिभिन्न कठिनाईका बाबजुद पनि निर्माण कार्य पूरा गरेको जनाएको छ ।

पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाईज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । सडक मार्गसंग नजोडिएको तिंकरमा मान्छेबाट पनि निर्माण सामग्री ढुवानी गर्न सम्भव नएपछि हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरिएको थियो ।

धुलिखेल प्याराडाईज एलवी जेभीले ८७ लाख रुपैयाको ठेक्कामा प्रिफ्याव दुई वटा भवन, र त्यसभित्र दुई वटा बाथरुम, एउटा किचेन र बाहिर दुई।बाथरुम निर्माण गरेको छ ।

 

 

 

 


२३ साउन २०७८, शनिवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु