एक अर्व ६५ करोडका डाइपर आयात

नेपालले आर्थिक वर्ष २०७७–०७८ मा विभिन्न १५ मुलुकबाट रु एक अर्व ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ।

विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन्।

भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिव १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ।

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्व ५० करोड अर्थात् करिव १० करोड थान डाइपर आयात गरेको थियो ।

यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ।

नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स ९यूएइ० युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ।


२३ साउन २०७८, शनिवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु