एसईईको नतिजा सार्वजनिक

काठमाडौँ : यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।

शनिबारको बोर्ड बैठकले नतिजा प्रमाणिकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।उनका अनुसार बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको छ ।

विद्यालयले मुल्यांकन गरेर सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय इकाईमा पठाएको नतिजालाई नै प्रमाणिकरण गर्ने काम गरेको उनले बताए ।

कुन विद्यार्थीले कति जीपिए ल्यायो भनेर विश्लेषण भने नगरेको उनले बताए ।यो वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए ।एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।


२३ साउन २०७८, शनिवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु