महाकालीमा बेपत्ता जयसिंहको परिवारलाई आर्थिक सहयोग

घरमा एक छाँक खानै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिह वेपत्ता भए पछि घरमा चुल्हो बल्ने अवस्था नभएपछि भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन्।

शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग जम्मा भएको छ । वेपत्ता जयसिहका भाई नरेन्द्रसिह धामीका अनुसार छानबीन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटी १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन।

यस्तै व्यास गाउँपालिकाले २५ हजार, नेकपा माओवादी विप्लव दार्चुलाका सचिव भरत मल्लले ५ हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। वेपत्ता धामीका घरमा एक छोरा, एक छोरी र श्रीमति छन् ।

छोराछोरी सानै छन् । विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ । अर्कोतिर बुवाको जमिनले एक महिना पनि खा पुग्दैन्, हरकसिह धामीले भने। एक वुवाको हिस्सामा चार भाईले बाँड्दा कति जमिन पुग्थ्यो र भाइ वेपत्ता भएपछि परिवार सम्हाल्नुपर्ने जिम्मेवारी पनि बढेको छ।

खेतबारी नभएपछि बैदेशिक रोजगारी खोज्न काठमाण्डौ जाने क्रममा जयसिह महाकालीमा एसएसबीले तुइन फुकालिदिदा वेपत्ता भएका हुन् । यसअघि जयसिह दुई पटक विदेश गएका थिए । तर सोचे अनुसार काम नपाइनु तथा कोरानाका कारण छिट्टै फर्किएका थिए ।

विदेश जाँदा लागेको सात आठ लाख रुपैयाँ ऋण तिर्न नसकेपछि उनी पुन बैदेशिक रोजगारीमा जाने योजनामा थिए । घरमा कमाउने व्यक्ति वेपत्ता भएपछि घरमा निकै समस्या भएको आफन्त बताउँछन् ।


२३ साउन २०७८, शनिवार १०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु