सुनचाँदीको मूल्य घट्यो
काठमाडौं -साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज शुक्रबार घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार हुने महासघंले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने जनाएको छ । यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।
२२ साउन २०७८, शुक्रवार १२:३० बजे प्रकाशित












