पाँच दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आयो
बैतडी । सडक भासिदा पाँच दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो।
सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ।राजमार्ग खुलेसँगै सवारीसाधन सञ्चालनमा आएका छन्। जयपृथ्वी राजमार्गमा वर्षातको समयमा पहिरो जाँदा बेलाबेलामा अवरुद्ध हुने गरेको छ।
२१ साउन २०७८, बिहीवार १४:५४ बजे प्रकाशित












