सुकुम्वासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।

साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


२१ साउन २०७८, बिहीवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु