कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बियो
कोरोना रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ३२ गतेसम्मलाई निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धाारा जारी आदेशमा उल्लेख छ।
साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको चौधरीद्धारा जारी आदेशमा भनिएको छ। ११ गते जारी आदेशअनुसार पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाइने छ।
यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन्। कोभिड संक्रमणको जोखिम कायमै रहेको र जिल्लामा संक्रमण रोक्न निशेधाज्ञा थप गरिएको बताइएको छ।
२० साउन २०७८, बुधवार १८:०२ बजे प्रकाशित













