डोटीको जोरायलमा सांस्कृतिक संग्रहालय स्थापना

डोटी । डोटीको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचान झल्कने संग्रहालयको स्थापना गरिएको छ । रानीवन सामुदायिक वन उपभोक्ता समूहले जिल्लाको परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको संग्रहालयको स्थापना गरेको हो ।

आफ्नो डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन् भन्ने उद्देश्यले संग्रहालयको स्थापना गरिएको रानीवन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष तथा संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष भाष्कर भट्टले बताए । संग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा, भाँडाकुँडा, गरगहना, वाद्यवादन सामग्री, भेषभूषा झल्काउने सामग्रीको खोजी गरेर राखेको भट्टले जानकारी दिए ।


१९ साउन २०७८, मंगलवार १४:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु