पत्रकार र प्रहरी हुँ भन्दै ठग्ने कैलालीका एकजना पक्राउ

कैलालीका एक युवकमाथि ठगीको आरोप लागेको छ । प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलालीको लम्कीका खेमराज खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो । प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ ।


१८ साउन २०७८, सोमवार १९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु