पूर्वमाओवादीका चार सांसदको पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

एमाले प्रवेश भएका पूर्वमाओवादीका चार सांसदको पद पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

एमालेका छिरेका पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु साह र गौरशंकर चौधरीले आफूहरु एमाले प्रवेश नगरेको दाबी गर्दै सर्वोच्च रिट निवेदन दिएका थिए।

उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।


१८ साउन २०७८, सोमवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु