सरकारी सेवा सुविधा नलिने स्वास्थ्य मन्त्रीको घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । उनले पदमा रहँदासम्म आफू संलग्न व्यवसायबाट पनि अलग रहेको बताएका हुन् । राज्यमन्त्री श्रेष्ठले चैतभित्रमा सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धता जनाए ।


१८ साउन २०७८, सोमवार १३:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु