सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ला र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।

कमलसिंह रानासहितले जेठ २७ गते सुदूरपश्चिम सरकार पुनर्गठन विरुद्ध रिट दायर गरेका थिए । रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत मन्त्रीहरूलाई विपक्षी बनाइएको छ ।

जेठ १४ मा मुख्यमन्त्री भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।


१८ साउन २०७८, सोमवार १३:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु