कर्णाली नदीमा डुंगा पल्टिँदा नाबालकसहित तीन जना बेपत्ता, दुई घाइते

कणाली नदीमा डुंगा पल्टिदा एक नाबालकसहित तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ३ रागा मलेखाबाट सुर्खेत जानेक्रममा कणालीमा काठको डुंगा पल्टिदा तीन जना बेपत्ता भएका हुन् । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

डुंगा पल्टिदा मोहन्याल गाउँपालिका वडा नं. ३ की २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको बच्चा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएकी छन् ।

यस्तै, दर्घटनामा मोहन्याल गाउँपालिका वडा नें ३ कै १९ वर्षीया धनसरा सलामी मगर र उनका एक महिनाको छोरा कर्ण सलामी घाइते भएका छन् । घाइतेमध्ये आमा धनसराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।

प्रहरीका अनुसार डुंगामा १० जना सवार थिए । त्यसमध्ये पाँच जना सकुशल रहेको जिल्ला डीएसपी बिष्टले बताए । उनीहरु सुर्खेतको चौकुने गाउँपालिका वडा न. ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन गइरहेका थिए ।


१७ साउन २०७८, आइतवार १४:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु