आजको मौसम पूर्वानुमान : केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । मनसुनी वायुको प्रभावका कारण मुलुकभर मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
१७ साउन २०७८, आइतवार ०८:५९ बजे प्रकाशित













