एक बर्षमा सवारी दुर्घटनामा परि सुदूरपश्चिममा १८७ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा एक सय ८७ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक बर्ष २०७७-०७८मा प्रदेशमा भएका ७ सय ८३ वटा सवारी दुर्घटनामा परी सय ८७ जनाले ज्यान गुमाएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सवारी दुर्घटनमा पाँच सय ८७ जना गम्भिर घाईत भएका छन् भने पाँच सय ९ जना सामान्य घाईते भएका छन्। ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबै भन्दा बढी मंसिर महिनामा ३१ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक बर्ष २०७६-०७७ मा कुल ३ सय ३ सय ८६ सवारी दुर्घटनामा परेकोमा सो संख्या आर्थिक बर्ष २०७७-०७८ मा सो संख्या दोब्बरले बढेर ७ सय ८३ पुगेको छ । सो अवधिमा सवारी साधन दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पनि बढी रहेको छ । आर्थिक बर्ष २०७६-०७७ मा १ सय ४३ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा सो संख्या बढेर आर्थिक बर्ष २०७७-०७८ मा १ सय ८७ पुगेको हो ।


१४ साउन २०७८, बिहीवार २१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु