सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन हिजोको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको छ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।


१४ साउन २०७८, बिहीवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु