सुदूरपश्चिममा १४१ जना स्वास्थ्य सेवाका कर्मचारीका लागि विज्ञापन खुल्यो
धनगढी : सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न तहका एक सय ४१ कर्मचारी माग गरेका छ।प्रदेश मातहतमा रहेका अस्पताल र स्वास्थ्य कार्यालयहरुका लागि ६४ जना डाक्टर सहित एक सय ४१ जना कर्मचारी माग गरिएको हो।
स्वास्थ्य निर्देशनालयले आज मात्रै २१ दिने सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाएको छ। स्वास्थ्य निर्देशनालयले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिन भित्रै आवेदन दिन आग्रह गरेको छ।

२८ फागुन २०७६, बुधवार १०:२० बजे प्रकाशित













