टिपरले महिलाकाे ज्यान लिएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्ड तनावग्रस्त

नेपालगञ्ज : टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्ड तनावग्रस्त बनेको छ। रा १ ख २१८८ नम्बरको टिपरले ठक्कर दिँदा साइकलमा सवार ४५ वर्षीय रामपति थारुको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

घटना लगत्तै स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। नेपालगञ्ज भित्रिने र बाहिरिने सवारीसाधन बीच बाटाेमा राेकिएका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। टिप्परले बिहान करिब ११ बजे थारुलाई ठक्कर दिएको थियो।


२८ फागुन २०७६, बुधवार ०९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु