सव–वन डिभिजन कार्यालय शुक्लाफाँटाले निःशुल्क बिरुवा वितरण गर्दै
कञ्चनपुर । शुक्लाफाँटा सव–वन डिभिजन कार्यालय कञ्चनपुरले बोटविरुवा वितरण गरिरहेको छ। डिभिजन वन कार्यालय कञ्चनपुर अन्तर्गत शुक्लाफाँटा सब वन डिभिजन कार्यालयको नर्सरीमा रहेका विभिन्न प्रजातिका विरुवाहरु असार २१ गतेदेखि निशुल्क वितरण गरिरहेको हो।
वनले वृक्षरोपण गर्न इच्छुक निजी कृषक, तथा सामुदायिक वन उपभोक्ता समूह, संघ संस्थाहरुलाई वितरण गरिरहेको छ।
२१ असार २०७८, सोमवार १४:२४ बजे प्रकाशित































