punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा वन्यजन्तु प्रभावित क्षेत्रका नागरिकका समस्याबारे छलफल

Chaupati
safha napa

कञ्चनपुर  । बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मूल नाराका साथ फियान नेपालले पुनर्वासमा खाद्य समिति र पत्रकारहरुसँग छलफल गरेको छ।

स्थानीय स्तरमा दुधुवा नेशनल पार्कबाट आउने जंगली जनावरका कारण पुनर्वासीहरुले झेल्नुपरेको समस्या, सीमा विवाद, खाद्य अधिकारका सवाल तथा वन्यजन्तु र मानवबीचको द्वन्द्व र त्यसले पारेको प्रभावलगायतका विषयमा संयुक्त छलफल गरेको हो।

छलफलकै क्रममा फियान नेपालका क्षेत्रीय कार्यक्रम संयोजक सुरेश कुमार गौतमले यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि स्थानीय स्तरबाटै पहल गर्न जरुरी रहेको बताए। कार्यक्रममा खाद्य अधिकार सञ्जाल पुनर्वासका अध्यक्ष कञ्चन गिरीले पुनर्वासमा हात्ती आतंक र सीमा समस्याको समाधान हुन नसकेको बताए।

त्यस्तै खाद्य अधिकार प्रवद्र्धक श्याम परियारले सीमाबासीहरुका चुनौती प्रति सरकार उदासिन बन्दा स्थानीय जनताका समस्या जस्ताको त्यस्तै रहेको बताए। हात्ती आतंक क्षेत्रमा विद्युतीय तारबारका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको भएपनि ठेगाना फरक पर्दा योजना कार्यान्वयन हुन नसकेको उनले बताए।

कार्यक्रममा दुधुवा राष्ट्रिय निकुञ्ज वन्यजन्तु प्रभावित खाद्य अधिकार समूह पुनर्वासका अध्यक्ष बाबुराम तिमिल्सिनाले पनि हात्ती पीडितको हकहित प्राप्ती र समस्या समाधानका लागि वन कार्यालयदेखि प्रत्येक मन्त्रालयका निकायमसम्म डेलिगेशन जाँदा पनि समस्या समाधान नहुँदा दु:ख लागेको बताए।

सरकारको लाचारीपनले भारतीय पक्षबाट हुने सीमा अतिक्रमण लगायतका अन्य घटनाहरु पनि दिनानुदिन बढ्दै गएकोप्रती उनले दुखेसो गरे। कार्यक्रममा फियान नेपालका कानून तथा क्षमता विकास अधिकृत मुकुन्द रानाले सहजीकरण गरेका थिए।


१० असार २०७८, बिहीवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु