punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले पुरिएर रोल्पामा एकैघरका तीन जनाको मृत्यु

Chaupati
safha napa

रोल्पा : रोल्पा नगरपालिका-९ ह्वामाको ढाम्पामा गएराति पहिरोले एक घर पुरिँदा एकाघरका तीन जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा कति बुढामगर, १८ वर्षीया बुहारी सुशिला बुढामगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जनाए।

पहिरोले पुरिएको घरभित्र फसेका तीनैजनाको उद्दार गरिएको छ। जिल्ला प्रहरी प्रमुख सुवेदीकाअनुसार ६ जना सुतेकामध्ये घरधनी टिकासिंहसहित बालक शक्तिमानलाई हेलिकप्टरबाट उपचारका लागि बुटवल लैजाने तयारी गरिएको छ।

सदरमुकाम लिबाङबाट २० किलोमिटर दुर्गममा घटना भएको हो। घटनाको जानकारी लगत्तै प्रनाउ सुवेदीसहितको प्रहरी टोली बिहान चार बजे घटनास्थल हिडेको हो। ‘पैदल हिँडेर घटनास्थल पुगेर घाइतेलाई प्राथमिक उपचार गरेका छौँ। थप उपचारका लागि हेलिकप्टर मगाएका छौं।’ प्रनाउ सुवेदीले भने वर्षातका कारण ग्रामीण सडक अवरुद्ध भएकाले घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट पठाउने चाजोपाँजो मिलाइएको हो।


९ असार २०७८, बुधवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु