कैलालीका एसपी जबराको सरुवा, को आउँदैछन् अब ?
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्सेर जबराको सुरुवा भएको छ ।
गृहमन्त्रालयले मंगलबार ५२ एसपी र ५७ डीएसपीको सरुवाको क्रममा उनको पनि सरुवा भएको हो । जबराको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरुवा भएको छ ।
उनको सरुवासंगै अब कैलालीमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालमा कार्यारत एसपी विश्व अधिकारी आउँदैछन् ।
८ असार २०७८, मंगलवार २२:१३ बजे प्रकाशित






























