खिमलालसंग बादल पराजित
राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा एमालेका उमेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।
उनलाई नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता खिमलाल देवकोटाले पराजित गरेका हुन् ।
बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।
६ जेठ २०७८, बिहीवार १७:४३ बजे प्रकाशित













