आज पनि बढ्यो सुनको मूल्य

सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला १ हजार ३४५ मा झरेको छ । चाँदी हिजो प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


२८ वैशाख २०७८, मंगलवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु