सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३२८ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु्

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२८ जनामा कोरोना पुष्टि भएको छ । ६३२ नमूना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये २४० जना धनगढी उपमहानगरपालिका भित्रकै छन् । धनगढीबाहेक जिल्लाका अन्य ठाउँका ७३ जना १५ जना जिल्ला बाहिरका रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका चार र कञ्चनपुरका ३ जनासहित ७ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार कैलालीमा जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहागनरपालिका वडा नम्बर ४ का ३५ वर्षीया महिला, वडा नम्बर १८ का ५० वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्ब्र २ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का ६० वर्षीया महिला, पुनर्वास नगरपालिका वडा नम्बर ११ का ७४ वर्षीय पुरुष र सोही नगरपालिकाको वडा नम्बर ६ का ४२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार हाल अस्पतालमा ५४ जनाको उपचार भइरहेको छ । जसमध्ये पाँच जना भेन्टिलेटरमा, १८ जना आइसीयूमा र २६ जनाको अक्सिजनको सहायतामा उपचार भइरहेको छ ।

 


२६ वैशाख २०७८, आइतवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु