रेडियो नेपाल दिपायलमा कार्यरत कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
रेडियोमा इन्जिनियरमा रुपका कार्यरत सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्बर ८ घर भएका उनलाई २२ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उनको जिल्ला अस्पतालबाट रिफर गरिसकेपछि शुक्रबार बिहान बाटोमा एम्बुलेन्समै निधन भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए।
अक्सिजनको सहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरको आवस्यकता परेपछि रिफर गरिएको थियो । यो सँगै डोटीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
यस अघि बुधबार जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
२४ वैशाख २०७८, शुक्रवार १२:३२ बजे प्रकाशित






























