आज सुनको मूल्य ७०० रुपैयाँले घट्यो

बुधबार सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले घटेको छ ।

मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।
बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३०५ रुपैया कायम भएको छ ।


१५ वैशाख २०७८, बुधवार ११:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु