भारतमा थप ३ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि
भारतमा थप ३ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ३ हजार २ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै १.७९ करोड मानिस कोरोनाबाट संक्रमित भएका छन्। भारतमा कोरोनाका कारण मर्नेको संख्या २ लाख १ सय १८ पुगेको छ।
भारत १ अर्ब ४० करोड जनसंख्या भएको देश हो र कोरोनाबाट दुई लाख भन्दा धेरै मृत्यु हुनेको मामलामा भारत चौथो देश बनेको छ। अमेरिका, ब्राजिल र मेक्सीकोमा भारतभन्दा धेरै मानिसको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा
१५ वैशाख २०७८, बुधवार १२:१३ बजे प्रकाशित













