मास्क नलगाएर हिड्नेलाई धमाधम जरिवाना (तस्बीरसहित)
कैलालीमा स्थानीय प्रशासनले मास्क नलगाएर हिड्नेलाई जरिवाना गर्न लागेको छ ।
जिल्ला प्रशासन कार्यलयका कैलालीका प्रशासकीय शिवराज जोशी नेतृत्वको टोलीले प्रहरीको सहयोगमा बुधबार सडकमा मास्क नलगाएर हिड्नेलाई १०० रुपैयाँ जरिवाना गराउन सुरू गरेको छ । पैदल हिड्ने र सवारी साधनमा हिड्ने व्यक्तिहरूलाई जरिवाना तिराउनुका साथै मास्क दिएर पठाउने गरिएको छ । 
कैलाली प्रशासनको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मास्क नलगाउनेलाई कार्वाही गर्ने थालेको हो । यस अघिदेखिनै माइकिङ्ग गरेर सबैलाई मास्क लगाउन आग्रह गर्दा पनि कार्यान्वयन नभएपछि जरिवाना गर्न सुरू गरिएको प्रशासकीय अधिकृत जोशीले बताए । 

८ वैशाख २०७८, बुधवार १२:५४ बजे प्रकाशित












