प्रम ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
भोलि बिहान ८ बजे प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार नयाँ वर्षको शुभकामना, सरकारका कामकारवाही लगायतका विषयमा सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गरेका थिए ।
३१ चैत २०७७, मंगलवार १२:३३ बजे प्रकाशित












