सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्‍यो ?

बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँँ घट्दै प्रतितोला ८९ हजार पाँच सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १६ रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ६० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


३१ चैत २०७७, मंगलवार १२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु