देशभरमा थप ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो चौबिस घण्टामा थप ४ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा गरिएको नमुना ५ हजार १ सय पाँच जनामा परिक्षण गर्दा थप ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज नेपालमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

नेपलामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट थप १ सय ३८ जना डिस्चार्ज भएको छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।


३० चैत २०७७, सोमवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु