सुदूरपश्चिमका थप २४ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिममा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताल कञ्चनपुरको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
सेती प्रादेशिक अस्पतालमा ७४ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस्तै, महाकाली अस्पताल कञ्चनपुरको प्रयोगशालामा २४ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो।
३० चैत २०७७, सोमवार १८:०२ बजे प्रकाशित












