भारतमा थप एक लाख ६९ हजार जनामा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ६८ हजार ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएका छन् भने उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै संक्रमणको कारण एक लाख ७० हजार १७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ।
भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ।

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ६३ हजार २९४ महाराष्ट्रमा फेला परेका हुन् । उत्तर प्रदेशमा १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने कर्नाटक, छत्तीसगढ र दिल्लीमा १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमण बढ्दै गए पनि भारत सरकारले लकडाउन गर्न चासो देखाएको छैन तर केही राज्यमा भने सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ।


३० चैत २०७७, सोमवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु