सुदूरपश्चिम प्रदेशमा २७ नमूना परीक्षण : ६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिमप्रदेशमा २७ नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २ जना, वडा नम्बर ३ का २ जना , कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का १ जना र कैलालीको भजनी ५ का १ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए ।
२६ चैत २०७७, बिहीवार १४:२९ बजे प्रकाशित












