रावलको गृहजिल्लामा प्रेस युनियनको जित
सुदूरपश्चिम प्रदेशका संयोजक डाक्टर भिम रावलको गृहजिल्लामा उनि निकट प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनलाई हराउँदै नेपाल पत्रकार महासंघ अछाम शाखामा कांग्रेस निकट प्रेस युनियनले सानदार जित हासील गरेको छ । अछाममा कांग्रेस निकट युनियन एकलरुपमा महासंघको निर्वाचनमा होमिएको थियो ।
विगत देखिनै प्रेस चौतारीको पक्कड मानिएको अछाममा युनियनका तर्फबाट अध्यक्षका उमेदवार रहेका खम्मसिंह खत्रीले विजय हासील गर्न सफल भएका छन् । यहाँ दुई सदस्यबाहेक अरु सवै खत्री नेतृत्वको प्यानललै विजयी भएको हो । उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।
यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् । सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।
२६ चैत २०७७, बिहीवार १४:३५ बजे प्रकाशित












