सुदूरपश्चिमका थप ४१ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिमका थप ४१ जना कोरोना संक्रमित थपिएका छन ।
प्रदेशका विभिन्न प्रयोगशाला र सीमा नाकामा गरिएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा ६९ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनएको छ ।
यस्तैगरी महाकाली अस्पताल प्रयोशगालामा ७ जनाको परीक्षण गर्दा २ र जिल्ला अस्पताल बैतडीमा ३ जनाको परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको हो ।

कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकामा ३ सय २७ जनाको एन्टीजोन विधीबाट गरिएको परीक्षणमा थप २३ जनामा संक्रमण पुक्ष्टि भएको छ।
भारतबाट २ हजार मानिस स्वदेश फर्किएपनि सबैको परीक्षण हुन नसकेको सीमा नाकामा खटिएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका स्वास्थ्य सहायक गणेश साउदले जानकारी गराए।

कोरोना संक्रमण पुष्टि भएका मध्ये २२ जनालाई धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिएको उनले बताए । एक जना सार्वजनिक सवारी मार्फत घरतर्फ हिँडेको उनले बताए ।


२५ चैत २०७७, बुधवार १८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु