बान्निगढी गाउँपालिकाले कृषकहरुलाई राहत वितरण
अछामको बान्निगढी जयगढ गाउँपालिकाले कृषकहरुलाई राहत वितरण गर्न थालेको छ।
गाउँपालिकाले गत भाद्र २ गते तथा विभिन्न समयमा आएको बाढिले बाली बगाएका कृषकहरुलाई राहत वितरण गर्न थालेको हो।
गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट चामल, दाल, नुन, तेल जस्ता खाद्यान्न खरिद गरी वडा नम्बर ६ दर्नाका १ सय ५४ जना कृषकलाई राहत वितरण गरिएको बताइएको छ।
कृषकहरुले खेत तथा खेतमा लगाइएका बालीमा थप क्षती हुन नदिन दिगो उपाय खोज्न एवम् कैलाशखोला आसपासका क्षेत्रमा तटबन्ध गरिदिन आग्रह गरेका छन्।
२५ चैत २०७७, बुधवार १७:३३ बजे प्रकाशित












