ताइवानमा रेल दुर्घटना हुुँदा ३६ जनाको मृत्यु

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। कयौं व्यक्तिहरु घाइते भएका छन्।

शुक्रबार बिहान भएको ३५० भन्दा बढी यात्रु सवार रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर जाँदै गर्दा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्।

घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको छ भने चालकसहित थुप्रै व्यक्तिहरु हराइरहेका छन्। सेन्ट्रल न्युज एजेन्सीले जनाए अनुसार यहाँ उद्दारकार्य जारी छ।

के कारणले रेल दुर्घटना भएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ। एजेन्सीको सहयोगमा


२० चैत २०७७, शुक्रवार १५:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु